उत्तार कोरियाका नेता किम जोङ उन चार हजार किलोमिटर ट्रेन यात्रा गरेर भियतनाम पुगे
0

Shares

काठमाडौं । उत्तार कोरियाका नेता किम जोङ उन चार हजार किलोमिटर ट्रेन यात्रा गरेर भियतनाम पुगेका छन् ।

उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सँगको शिखर वार्ताका लागी भियतनाम पुगेका हुन् ।

गए वर्ष सिंगापुरमा भेटेका दुई नेताको वार्ता यो पटक भियतनाममा हुन लागेको हो ।

भियतनामको डोङ डाङ सीमासम्म निलो ट्रेन चढेर आएका उनको स्वागतमा रातो कार्पेट विछ्याइएको थियो ।

त्यहाँबाट उनलाई स्कर्टिङसहित राजधानी हानोइ लगिएको थियो । राजधानी जाने क्रममा उनले १७० किलोमिटर कारको यात्रा गर्नेछन् ।


Related Article