भएको निर्वाचित सांसद रेशम चौधरीलाई अदालतबाट जन्मकैद फैसला विरोधमा थारु संगठनहरुले विरोध प्रदर्शन गर्ने ।
0

Shares

थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट/थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले शुक्रबार दिउँसो ३ बजे काठमाडौंको माइतीघर मण्डला लगायत थरुहट तराईका सम्पूर्ण जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने भएका हुन् । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालमा थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, थरुहट÷थारुवान संयुक्त संघर्ष समिति एवम् केन्द्रीय संयोजन एवं परिचालन समितिले पत्रकार सम्मेलन गरेर यस्तो घोषणा गरेको हो ।
विरोध तथा धर्ना कार्यक्रममा कालोपट्टी बाँध्ने र हातमा तराजु बोक्ने पनि उनीहरुले जनाएका छन् । त्यस्तै फागुन २५ गते थारु कल्याणकारिणी सभा र थरुहट÷थारुवान संयुक्त संघर्ष समितिको बृहत्त बैठक बसेर संघर्षका भावी कार्यक्रम तथा रणनीति तय गर्ने समेत जनाइएको छ । 

थारु कल्याणकारिणी सभा केन्द्रीय समितिका महामन्त्री प्रेमीलाल चौधरीले आफूहरु शान्तिपूर्ण रुपमा अधिकार प्राप्तिको लागि संघर्षरत रहेको सुनाए । उनले भने, ‘हामी देश टुक्र्याउने र हिंसात्मक लडाई गरिरहेका छैनौं । हामी त शान्तिपूर्ण रुपमा अधिकारको लागि लडाईमा छौं ।’ अधिकार प्राप्ति नभएसम्म संघर्षलाई जारी राख्ने उनले चेतावनी दिए । 

कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटकी केन्द्रीय अध्यक्ष एवम् थरुहट÷ थारुवान संयुक्त संघर्ष समितिकी सदस्य रुक्मिणी चौधरीले आफूहरुलाई राज्यले ठूलो विभेद र अत्याचार गरेको आरोप लगाईन् । 
उनले भनिन्,‘राज्यमा एउटामात्रै संविधान छ, शासन विधि छ, थारु समूदाय हामी पनि यो देशका नागरिक हौं । थरुहट तराईलाई राज्यले उपनिवेशीकरण गरेको छ  । हामीलाई गैरनागरिकको दर्जा दिईएको छ । हामीविरुद्ध ठूलो अत्याचार र दमन गरेको छ ।’

२०७२ भदौ ७ गते टिकापुरमा घटेको घट्ना आफुहरुले नघटाएको पनि उनले स्पष्ट पारिन् । उनले भनिन्, ‘यो घट्ना हामीले घटाएका होईनौं भनेर राज्यलाई बारम्बार भन्यौं । तर, राज्यले सुनेन् । अहिले आएर हाम्रा साथीहरुलाई आजिवन जन्मकैद गराएको छ । जबकी यो घट्नालाई हामीले स्वीकारेका छैनौं । के को आधारमा जन्मकैद सुनाईयो ?’

उक्त घट्नाबारे अहिलेसम्म तयार पारिएका ८/९ वटा प्रवितेदन तत्काल सार्वजनिक गर्नुपर्ने उनको माग छ । उनले भनिन्, ‘अहिलेसम्म तयार पारिएका सम्पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्छ । हामीले सोही प्रतिवेदनको आधारमा फैसला सुनुवाईयोस भनेका थियौं ।’

उनले टिकापुर घट्ना व्यक्तिगत नभई राजनीतिक घट्ना भएकोले सोही अनुसार यसको समाधान गर्नुपर्ने पनि स्पष्ट पारिन् । उनले भनिन्,‘यो राजनीतिक घट्ना हो । यसको राजनैतिक रुपमै समस्या हल गर्नुपर्छ । झुठा मुद्दा फिर्ता गर्नुपर्छ ।’

Related Article