क्षेत्री समाज नेपालको ललितपुर जिल्ला अधिवेशन सम्पन्न,निर्विरोध भए श्याम बस्टाकोटी ।
0

Shares

 क्षेत्रि समाज नेपालको ललितपुर जिल्ला अधिवेशन भव्यताका साथ सम्पन्न भएको छ । क्षेत्रि समाज नेपालको ललितपुर जिल्लामा रहेका जिल्ला संगठन, भातृ संगठनहरु – महिला, युवा, भूतपूर्व सैनिक लगायतका संगठनहरुको समेत आज नै कार्य समिति तय गरिएको हो ।
ललितपुर जिल्ला अधिवेशन भव्य र सफल बनाउन जिल्लाका पदाधिकारीहरुले उत्कृष्ट व्यवस्थापन गरेका थिए । कार्यक्रमलाई उत्कृष्ट ढंगबाट नहकुल के.सी ले सञ्चालन गरेका थिए भने अधिवेशनलाई मर्यादित, सव्य र भव्य बनाउन क्षत्री समाज नेपालका केन्द्रिय सदस्य पवन के.सीको सभापतित्व र क्षत्री समाज नेपालका केन्द्रिय उपाध्यक्ष योगेन्द्र कार्कीको प्रमुख आतित्थ्य,केन्द्रिय सचिव रामेश्वर थापाको विशेष आतित्थ्य,केन्द्रिय सदस्यहरु श्याम कार्की,विकास खड्का,खेम खड्का,दिपेन्द्र सिजापती,पुर्व केन्द्रिय सदस्यहरु राजु कार्की,
रामबाबु थापा,रविन्द्र बस्नेत,गोकुल सिजापती,सुतार कार्की सेवा समितिका केन्द्रिय उपाध्यक्ष टेक ब. कार्की क्षत्री समाज नेपालका काठमाडौं जिल्ला अध्यक्ष विष्णु बहादुर के.सी,
काभ्रे जिल्ला अध्यक्ष नहकुल के.सी.भक्तपुर जिल्ला अध्यक्ष प्रभुराम थापा,भक्तपुर जिल्ला सल्लाहाकार डोल ब.कार्की लगायतको आतित्थ्यतामा उक्त अधिवेसन सम्पन्न भएको हो ।जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा श्याम बहादुर बस्ताकोटी,उपाध्यक्ष राजेन्द्र विक्रम सिजापती,महिला उपाध्यक्ष भावना कार्की,उपाध्यक्ष वरिष्ठ अशोक के.सी.सचिव शशी खड्का,कोषाध्यक्ष सुमन के.सी.,सदस्यहरु रामकृष्ण बस्नेत,

राजकुमार खड्का,धर्मदेव थापा,गोकुल सिजापती,प्रकाश के.सी.,निरु के.सी.लगायतको समिति निमार्ण भएको छ ।
त्यसैगरि क्षत्री समाज नेपाल भूपु सैनिक संगठन तर्फ रामकृष्ण बस्नेतको संयोजकत्वमा समिति निमार्ण भएको छ ।
त्यसैगरि क्षत्री महिला समाज सोभा कार्कीको संयोजकत्वमा ५ सदस्य पदाधिकारीहरु चयन भएका छन् ।
क्षत्री युवा समाज मनहरी खत्रीको संयोजकत्वमा ५ सदस्य पदाधिकारीहरु चयन भएका छन् । क्षत्री समाज सल्लाहाकार समितिमा प्रध्यापक दिपक ब. के.सी.को संयोजकत्वमा ८ सदस्य पदाधिकारीहरु चयन भएका छन् ।नेपालको जनगणना २०६८ अनुसार १६.६ प्रतिशत जनसंख्या भएको सबै भन्दा ठूलो जाती क्षत्रीहरुको एउटै मात्र संगठन क्षत्री समाज नेपाल प्रतिष्ठत संगठन हो । यस संगठनको देशै भरी जिल्ला संगठनहरु रहेका छन् त्यसको अलवा विदेशमा रहेका समेत क्षत्रीहरुलार्इ समेत समेटेर सवै जातजातीहरुमा सद्भाव, धार्मिक सहिष्णुता र एकता कायम गरि नेपालको अखण्डतालाई जोगाइ राख्न पर्छ भन्ने राष्ट्रिय अभियान चलाइरहेको संगठन हो । यस संगठनको संस्थापक अध्यक्ष प्रा.डा.दिल ब.क्षत्री हुन ।
Related Article