नायिका दिपशिखा खड्काको प्रेमलिला" मा समावेश "सबको कहानी उस्तै" सार्वजनिक
0

Shares

नायिका दिपशिखा खड्काले निर्माण गरेको चलचित्र "प्रेमलिला" मा समावेश गरिएको अर्को गीत "सबको कहानी उस्तै" बोलको गीतको भिडोयो सार्वजनिक भएको छ । डा. कृष्णहरी बरालको शब्द तथा महेश खड्काको सङ्गीतमा शोभा पाण्डेको स्वरमा नायिका तथा निर्मात्री दिपशिखा खड्का, मौसम खड्का र अलि खान फिचरिङ्ग भिडियो सार्वजनिक भएको हो ।

फैजी फिल्मसको ब्यानरमा निर्मित चलचित्र "प्रेमलिला" भित्र नायिका दिपशिखा खड्का, मौसम खड्का र अलि खानको साथमा प्रभाकर शर्मा, रेखा शाह, सुरज तमु एवम ट्वीङ्कल श्रीवास्तव लगायतको अभिनय देख्न सकिन्छ । पवन गौतमले खिचेको चलचित्रमा रामजी लामिछाने र युवराज वाइबाको कोरियोग्राफी, रेबन थापाको एक्सन रहेको छ ।

यहि चैत्र ८ गते देखि देशब्यापी प्रदर्शनको तयारिमा रहेको यो चलचित्र छायांकनको आधा आधी पुग्दा नपुग्दै निर्देशकले लाखौ हिनामिना गरेर फरार भएको समाचार सार्वजनिक भएको थियो । निर्देशकले अलपत्र पारेर छोडे पनि नायिका तथा निर्मात्री खड्काले यो चलचित्र आफै सकाएकी थिइन । जसको कारण माघ २५ तथा फागुन १० हुँदै चलचित्रको प्रदर्शन चैत्र ८ मा पुगेको हो । अत्यन्त दुख र मेहनत गरेर हलसम्म ल्याउन सफल भएको कारण पनि चलचित्र सफल बनाउनै पर्ने दबाव निर्मात्री खड्कालाइ छ । चलचित्रको प्रदर्शन तथा प्रमोशनको लागि उनी एक्लै लागि परेकी छिन । उनको यस्तो खटाइलाई दर्शकहरुले कतिको साथ दिन्छ्न त्यो भने चलचित्र चले पछि नै भन्न सकिन्छ । सबको कहानी उस्तैको भिडियो हेर्न लिङ्कमा जानुहोस :


https://youtu.be/x9mJrRr_cos
Related Article