काठमाडौंमा होलीको रौनक
0

Shares

वसन्त ऋतुको रमाइलो पर्व फागु पुर्णिमा (होली) बिहीबार पहाडी र हिमाली जिल्लामा मनाइएको छ।  विशेष गरी युवापुस्ता होलीको ‘मुड’ मा देखिए। पसलमा रङ, खेलौना, होलीमैत्री पोशाक किन्नेको भीड लाग्यो। पर्वको छेकोमा विभिन्न संघसंस्थाले उत्सव आयोजना गरेका छन्। होलीलाई मर्यादित बनाउन सुरक्षा प्रबन्ध मिलाइएको थियो। 

प्रेम र भाइचाराको प्रतिक मानिने होली पर्वको असर शहर हुँदै गाउँसम्म पुगेको छ। होलीलाई विशेष गरी सहरी युवाले धुमधामसँग मनाउने गरेका छन्। 

आधुनिकताले पर्वको मौलिकतामा ठेस नपुगेको पनि होइन। तर पनि, होली मान्ने प्रवृत्ति र उल्लास भने वर्षेनी थपिँदो छ। होली पर्वलाई जगेर्ना गर्ने नयाँ पुस्ताको आफ्नै शैली देखिन्थ्यो। 

भिडियो हेर्नलाई लिन्क 

Related Article