रोशनी चलचित्रमा कसिस दाहाल
0

Shares

प्रेम कथामा आधारित चलचित्र रोशनीको शुभमुहुर्त काठमाण्डौंको भद्रकालिमा भएको छ । चैत्र १४ गतेदेखि बुटवलको प्राकृतिक रंगिन शहर र गाउँ परिवेशमा सुटिँग चल्ने छ । आधुनिक युगसँगै समाजिक विकृति विरुद्ध बुलन्दी आवाज उठाइएको ‘रोशनी’ चलचित्रमा अन्तरजाती प्रेमको कारण नायिका कसिसले भोग्नुपरेको पीडालाई चित्रण गरिएको छ । रोशनीको नामले कसिसलाई यस चलचित्रमा चित्रण गरिने भएको छ । दिक्षान्त मुभिज क्रेशनको व्यानरमा निर्माण हुन लागिएको ‘रोशनी’को निर्देशन खुम सुनारको रहेका छ । कलाकारहरुमा दीपक पाण्डे, रमेश आबजु, सुभाष परियार, उज्जवल गिरी, मेनुका गिरी, सन्जुलगायत छन् ।

कसिस सफल नायिकाको रुपमा नेपाली चलचित्रमा अवतर भइरहेकी छीन् भने मधेशी मैथिली, भोजपुरीलगायतको चलचित्रमा अमिट छाप समेत छोडेका छन् । प्रदर्शनको तयारीमा रहेको ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकी कसिस म्युजिक भिडियोमा समेत सक्रिय रहदै आएकी छीन् ।

Related Article