‘पिँडालु’लाई दुई हप्तामै दुई मिलियन भ्युज
0

Shares

 लोकप्रिय गायक तेजश रेग्मी र गायिका विष्णु माझीको स्वरमा रहेको गीत पिँडालु सार्वजनिक भए देखिनै निकै चर्चामा छ । युट्युब मार्फत सार्वजनिक गरिएको गीत करिब् दुई हप्तामै २२ लाख पटक हेरिएको छ ।

तेजस रेग्मीकै शब्द संगीत रहेको डान्सिङ प्याटर्नको गीत यही स्पिडमा हेरिदै जानेहो भने छिट्टै नै करोड क्लबमा प्रबेश गर्ने आकलन गरिएको छ । गीत सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै चर्चित बनेको थियो ।इनाक्षी इन्टर्टेन्मेन्ट मार्फत सार्वजनिक भएको गीत बिशुद्द लोक संस्कृति झल्काउने खालको भएकाले दर्शक श्रोताहरुले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक राम प्रसाद कंडेलले जानकारी दिए । छोटो समयमा नै गीतले राम्रो भ्युज पाउदा आफुहरुलाई निकै हौसला मिलेको कंडेलले बताए ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा कुलेन्द्र बिक., तेजस रेग्मी र रक्षा श्रेष्ठ फिचरिङ्ग छन । भिडियोमा रामेश्वर कार्कीको छायाँकन र सुजन शाहीको सम्पादन रहेको छ । भिडियोमा दिपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा अतिथी कलाकार रहेका छन ।

गीतले टिकटक लगाएत सामाजिक सञ्जालमा प्रशंसा पाएपछी आफुहरुलाई हौसला मिलेको निर्माण टिमले जानकारी दिएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको गीत यो समाचार तयार पारीन्जेल सम्म युट्युबको ट्रेन्डिङ नम्बर २५ मा छ । भिडियो हेर्नुहोस्

Related Article