“जय मजदुर”चलचित्र श्रमिक दिवसको अबशर मा धुमधाम सङ्ग मुहर्त गरियो
0

Shares

 १३० औ मजदुर दिवसको अबशर मा नेपालमा पनि आज बिविध कार्यक्रमको आयोजना गरि मजदुर दिवस मनाइएको छ । यस्तै गैर राजनीतिक मजदुर सङ्गठन श्रमजीवि ट्रेड युनियन महासङ्घ नेपालले पनि एक कार्यक्रमको आयोजना गरि शुभकामना आदान प्रदान तथा विभिन्न क्षेत्रका प्रतिश्ठित ब्यक्तिहरुलाई सम्मान गरि मनाएको छ । कार्यक्रम महासङ्घका अध्यक्ष राम बहादुर तामङ्गको सभापतित्व तथा मन्त्री परिषदका पूर्व अध्यक्ष एबम पूर्व प्रधानन्यायाधिस खिलराज रेग्मीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको थियो ।

उक्त समारोहकै बिचमा “जय मजदुर” नामक चलचित्रको समेत शुभ मुहर्त गरिएको थियो । नायक राजु श्रेस्ठले मुहर्त सट दिएका थिए भने क्यामरामा जीवन श्रेष्ठ  थिए । श्रमजीवि मल्टी फाउण्डेसनको ब्यानरमा बन्ने उक्त चलचित्रका बाकी कलाकार र प्राविधिकको छनौट भै रहेको बताइएको थियो भने लेखन तथा निर्देशन तुलसी बास्कोटाको रहने छ ।

Related Article