प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ
0

Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधिमा आधारित शिक्षणका लागि ‘नमूना स्मार्ट विद्यालय’ को आज शुभारम्भ गरेका छन् । ‘डिजिटल नेपाल विकास र समृद्धिको आधार’ भन्ने नाराका साथ सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले आयोजना गरेको दोस्रो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा प्रधानमन्त्री ओलीले सो स्मार्ट विद्यालय कार्यक्रमको थालनी गरेको हो । गण्डकी प्रदेशको कास्कीको विश्व शान्ति माध्यमिक विद्यालय यस कार्यक्रमको पहिलो सूचना प्रविधिमैत्री विद्यालय हुन पुगेको छ ।

काठमाडौँको कमलपोखरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले रिमोट क्लिक गरी गरेको सो उद्घाटन अनलाइन प्रविधिको माध्यमबाट उक्त विद्यालयमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सरकारले हरेक प्रदेशको कम्तीमा एक सामुदायिक विद्यालयमा सो कार्यक्रम लागू गर्ने लक्ष्य लिएको छ ।

सोही कार्यक्रममा डिजिटल फाइनान्स कम्पनी स्थापनाका लागि नेपाल दूरसञ्चार कम्पनी लिमिटेड र राष्ट्रिय वाणिज्य बैंकबीच सहमतिपत्रमा हस्तक्षर भयो । लिमिटेडका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र बैंकका कार्यकारी प्रमुख कविराज अधिकारीले सहमतिपत्रमा हस्ताक्षर गरे । यसैगरी सूचना प्रविधि छात्रवृत्तिका लागि कम्प्युटर एसोशिएसन ९क्यान० महासङ्घका अध्यक्ष हेमन्त चौरसिया र लर्ड बुद्ध एकेडेमीका अध्यक्ष पङ्कज जलानबीच सहमति भयो । सोअन्तर्गत रु डेढ करोडको लागतमा ४९ विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ ।

Related Article