राष्ट्रपति ट्रम्पको अनुहारको मास्क लगाएर पसल लुटेपछि
0

Shares

अस्ट्रेलियामा एक चोरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अनुहारको मास्क लगाएका पसल लुटेका छन् । उक्त पसलमा चोरीको घटना क्यामरामा रेकर्ड भएको छ ।

आइतवार आरोपित व्यक्ति एक शपिङ सेन्टरको शीशा तोडेर भित्र पसेका थिए । उसले पसलमा छिरेर अनेकौं घडी चोरेको थियो । उसले बिजुली स्टोरको शीशा पनि तोड्यो र केही सामान चोरिदियो ।

आरोपित व्यक्तिले अमेरिकी राष्ट्रपतिको मास्क बाहेक कालो रंगको हूडी जम्पर, ट्य्राक प्यान्ट र सेतो जुत्ता लगाएको थियो । ट्रम्पको मास्कभित्र लुकेको आरोपितको अनुहार चिन्न निकै गाह्रो छ ।

Related Article